राष्ट्रिय वाणिज्य ब्यांकमा नयाँ खाता खोल्नेलाई प्रिपेड सिम निःशुल्क
नेपाल टेलिकमले राष्ट्रिय वाणिज्य ब्यांकमा नयाँ खाता खोल्ने ग्राहकलाई जीएसएम प्रिपेड मोबाइल सिम निःशुल्क उपलब्ध गराउने भएको छ ।
नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य ब्यांकबीच बिहीबार उक्त सेवासम्बन्धी सम्झौता भएको टेलिकमले विज्ञप्ति मार्फत जनाएको छ ।
सम्झौतापत्रमा टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र ब्यांकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका थिए ।
ब्यांकले मुलुकभरका २३८ वटै शाखाबाट नयाँ खाता खोल्ने ग्राहकलाई कम्पनीको सिम निःशुल्क उपलब्ध गराउने छ । सो सिममा रु ५० टक भ्यालुसमेत हुनेछ ।