साग महिला भलिबलमा नेपाल भारतसँग पराजित
दक्षिण एसियाली खेलकुद (साग) को महिला भलिबलमा नेपाल भारतसँग पराजित भएको छ ।
बिहीबार भएको खेलमा नेपाल भारतसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।
त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको पहिलो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेर २४–२२ को अवस्थामा पुगिसके पनि नेपालले जित निकाल्न सकेन ।
नेपाललाई त्यही अवस्थामा रोक्दै भारतले पहिलो सेटमा २६–२४ को जित निकाल्यो । त्यसपछिका दुवै सेटमा भारत राम्राे प्रदर्शन गर्याे। भारतले दोस्रो सेट २५–१२ र तेस्रो सेट २५–१६ ले जितेको थियो ।
नेपालले पहिलो खेलमा बंगलादेशलाई ३–० ले हराएको थियो । बंगलादेशकाे अंक ० रहेकाे छ भने नेपाल र भारत दुवैको समान ३\३ अंक रहेको छ ।