‘रुसी राष्ट्रपति पुटिन नेपाल आउनेमा सरकार आशावादी’
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले रुसी राष्ट्रपति भ्यादिमिर पुटिनको नेपाल भ्रमणमा सरकार आशावादी रहेको बताएका छन् ।
बिहीबार पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले राष्ट्रपति पुटिनलाई भ्रमणको निम्ता दिइएको र उनी आउने कुरामा सरकार आशावादी रहेको बताएका हुन् ।
हामी नेपाललाई अन्तराष्ट्रिय मञ्चमा देखिने, सुनिने बताउँछौं । यसै अन्तर्गत रुसी राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको हार्दिक निमन्त्रणा दिएका हौं”, मन्त्री बाँस्कोटाले भने ।
बाँस्कोटाले सरकार सबै शक्तिराष्ट्रसँग सम्बन्ध राख्ने चाहेको बताउँदै र यसैं सिलसिलामा भ्रमणको निम्तो दिइएको पनि बताए ।
पुटिनलाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भेटेरै नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए ।