‘नेपालीका लागि नेपाली’ अभियानबाट ज्ञानेन्द्र शाहीलाई हटाइयाे
संघीयता, धर्मनिरपेक्षता खारेजी लगायत एजेण्डासहित गतिविधि गर्दै आएको ‘नेपालीका लागि नेपाली’ अभियानबाट ज्ञानेन्द्र शाही निष्कासित भएका छन् ।
बुधबार बसेको अभियानको केन्द्रीय कार्यसमितिको बैठकले उनलाई निष्कासन गर्ने निर्णय गरेको हो ।
शाहीलाई निष्कासन गर्नुको कारण उनको सिद्धान्तमा आएको विचलनलाई बताइएको छ ।
अभियानले राजतन्त्रको पक्षमा वकालत गर्दै आएको छ भने शाही गणतन्त्रवादी भएको अभियानले आरोप लगाएको छ ।
यसपछिका शाहीका कुनै पनि कार्यक्रममा नेपालीका लागि नेपाली अभियानको संलग्नता नरहने अभियानले जनाएको छ ।