प्रहरीकै संरक्षणमा नेवि संघका कार्यकर्ता कुटिएकोमा कांग्रेसको ध्यानाकर्षण
प्रहरीकै संरक्षणमा नेवि संघका नेता तथा कार्यकर्ता सत्तारुढ निकट अनेरास्ववियुबाट कुटिएकोमा प्रतिपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
केन्द्रीय कार्यालय सानेपाबाट विज्ञप्ति जारी गर्दै कांग्रेसले आपत्ति जनाएको छ । मीनभवनस्थित नेपाल कमर्श क्याम्पस प्रमुखको कार्यकक्षबाट निस्कदै गर्दा अनेरास्ववियुका कार्यकर्ताले नेवि संघ इकाइ सभापति सरोज तिमिल्सिना, निरज शाही लगायतमाथि खुकुरी प्रहार गरेको कांग्रेसले जनाएको छ ।
कांग्रेसले प्रहरीकै संरक्षणमा आफ्ना कार्यकर्तामाथि खुकरी प्रहार गरेको उल्लेख गरेको छ । खुकुरी प्रहारबाट घाइतेहरुको ललितपुरस्थित बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ । कांग्रेसले आक्रमणकारीलाई कार्बाहीको माग गरेको छ ।