रोनाल्डोलाई पछि पार्दै मेसीले बनाए नयाँ रेकर्ड
अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीले क्रिश्चियानो रोनाल्डोलाई पछि पार्दै नयाँ रेकर्ड बनाएका छन् ।
बुधबार राति च्याम्पियन्स लिगमा डर्टमुण्ड विरुद्धको खेलमा गोल गर्दै मेसीले नयाँ रेकर्ड बनाएका हुन् । बार्सिलोनाका लागि ७००औं खेल खेल्ने क्रममा मेसीले डर्टमुण्ड विरुद्ध गोल गरेका थिए ।
डर्टमुण्ड सहित मेसीले ३४ क्लब विरुद्ध गोल गरे । यसअघि क्रिश्चियानो रोनाल्डो सँग समान ३३ क्लब विरुद्ध मेसीले गोल गरेका थिए । खेलको ३७औं मिनेटमा गोल गरेका मेसीले बार्सिलोनाका लागि दुई असिस्ट गरेका थिए ।