शुभेच्छुकलाई धन्यवाद दिदैं प्रधानमन्त्री आफैंले स्वास्थ्यबारे जानकारी दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले एपेन्टिसाइटिसको शल्यक्रिया पछि स्वास्थ्यमा तीब्र गतिमा सुधार भइरहेको जनाएका छन् ।
मंगलबार शल्यक्रिया गरिएपछि निरन्तर निगरानीमा रहेका प्रधानमन्त्री ओलीले ट्वीट गर्दै शुभेच्छुकहरुलाई धन्यवाद दिएका छन् । ट्वीट गर्दै प्रधानमन्त्री ओली आफैं आफ्नो स्वास्थ्यमा तीब्र गतिमा सुधार भइरहेको जनाएका छन् ।
प्रधानमन्त्री ओलीले लेखेका छन्, “यतिबेला मेरो स्वास्थ्यमा तीब्र गतिमा सुधार भइरहेको छ । स्वास्थ्यस्थितिबारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।”
शिक्षण अस्पतालले पनि नियमित प्रेस नोट जारी प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भइरहेको जनाएको छ । प्रधानमन्त्री ओलीको बुधबार साँझ पनि डायलासिस गरिएको छ ।