लिभरपुलसँग अंक बाड्यो नापोलीले
यूरोपियन च्याम्पियन्स लिगमा लिभरपुलसँग नापोलीले अंक बाँडेको छ ।
समूह चरणको अन्तिम खेलमा नापोलीले लिभरपुलसँग एक–एक गोलको बराबरी खेले पछि अंक बाँडेको हो । अंक बाड्दै दुवै टीम प्रिक्वाटर फाइनल प्रवेश गरेको छ ।
२१औं मिनेटमा मेर्टेन्सले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए । उनको गोलसँगै पहिलो हाफमा लिभरपुल १–० ले पछाडि परेको थियो ।
तर, दोस्रो हाफको ६५औं मिनेटमा डेजान लोब्रानले गोल फर्काउँदै खेल बराबरीको अवस्थामा पु¥याए । यसपछि दुवै टीमले गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको छ ।