बार्सिलोनाकाे जितमा मेसी, स्वारेज र ग्रिजम्यानको गोल
यूरोपियन च्याम्पियन्स लिगमा डर्टमुन्ड विरुद्ध बार्सिलोनाले सहज जित निकालेको छ ।
जितसँगै समूह विजेताका रुपमा बार्सिलोना प्रिक्वाटर फाइनलमा पुगेको छ । बार्सिलोनाका लागि तीनै जना स्ट्राइकरले गोल गरेका छन् ।
पहिलो हाफमैं मेसी र स्वारेजले गोल गर्दै बार्सिलोनालाई २–० को अग्रता दिलाएका थिए । २९औं मिनेटमा स्वारेज र ३३औं मिनेटमा मेसीले गोल गरे ।
दोस्रो हाफको ६७औं मिनेटमा एन्टिनियो ग्रिजम्यानले गोल गर्दै बार्सिलोनाका लागि ३–० को सहज अवस्था बनाएका थिए । ७७औं मिनेटमा डर्टमुण्डका लाग जाडोन सान्चोले सान्त्वना गोल फर्काए पनि हार टार्न सकेनन् ।
पराजित हुँदै डर्टमुण्ड समूह चरणबाटै बाहिरिए पनि बार्सिलोना विरुद्ध राम्रो प्रदर्शन गरेको थियो । सूट, पोसेसन, पास र पास एक्कुरेसीमा समेत डर्टमुण्ड हाबी भएको थियो ।