रातारात काठमाडौं आइपुगेको भारतीय टीम विरुद्ध भिड्दै नेपाल
दक्षिण एसियाली खेलकुद (साग)मा भाग लिन भारतीय भलिबल टोली रातारात काठमाडौं आइपुगेको छ ।
उद्घाटन खेल सकिदा समेत सहभागी हुने बारे निश्चित नभएको भारतीय महिला तथा पुरुष भलिबल टीम रातारात काठमाडौं आइपुगेको छ । भारतीय टीम राति एघार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको छ ।
समूह ‘ए’मा रहेको भारत आजै नेपाल बिरुद्ध खेल्दैछ । बांग्लादेशलाई सोझो सेटमा पराजित गरेको नेपालसँग भारतीय टीमको खेल साँझ पाँच बजे शुरु हुनेछ ।
यो समूहबाट दुई समूह सेमिफाइनल पुग्नेछन् । समूह बीमा भने पाकिस्तानले सहभागिता नजनाएकाले माल्दिभ्स र श्रीलंका दुवै टीमले सेमिफाइन खेल्नेछ ।