थप समाचार बुधबार, मंसिर ११, २०७६

खेम भण्डारीविरुद्ध फेरि अर्को मुद्दा दर्ता

हिमालखबर

खेम भण्डारीविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा गाली बेइज्जती मुद्दा दर्ता भएको छ ।

मानखण्ड दैनिक पत्रिका र सामाजिक सञ्जाल फेसबुकमा बदनाम गराउने नियतले समाचार सम्प्रेषण गरेको भन्दै भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टका भतिजा आयुष विष्टले मुद्दा दर्ता गराएका हुन् ।

अदालतका स्रेस्तेदार हरिकृष्ण अवस्थीले भण्डारीविरुद्ध गाली बेइज्जती अन्तर्गत मुद्दा दर्ता भएको बताए ।

गत साता मात्रै विचाराधीन मुद्दालाई प्रभावित पारेको र अदालतको अवहेलना गरेको भन्दै जिल्ला अदालत बार एसोसिएसनले दायर गरेको मुद्दामा पत्रकार भण्डारीले एक रुपैयाँ जरिवाना र एक घण्टा जेल सजाय भुक्तान गरेका थिए ।

प्रतिकृया दिनुहोस