खेलकुद बुधबार, मंसिर ११, २०७६

एमसीसीसँग नेपालले लर्डसमा सिरिज खेल्ने

हिमालखबर

नेपाल क्रिकेट टीमले इंग्ल्याण्डको लर्डसमा मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) सँग सिरिज खेल्ने भएको छ ।

नेपाल भ्रमणमा आएर सिरिज खेलेर फर्किएको एमसीसीसँग लर्डस भ्रमणमा निस्कने भएको हो । खेल आगामी वर्ष हुनेछ । नेपालले २४ अगस्ट २०२० मा लर्डसमा सिरिज खेल्ने भएको हो ।

नेपालसँग सम्बन्ध कायम राख्न सिरिज खेल्ने निम्तो दिएको एमसीसीले जनाएको छ । सिरिजबारे भने थप खुलाइएको छैन ।

एमसीसीसँग नेपालले एक दिवसीय, टी–२० र तीन दिवसीय खेल खेलिसकेको छ ।

प्रतिकृया दिनुहोस