पोखरामा नेकपाको सभास्थल नजिकै बम बिस्फोट
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पोखरामा आयोजना गरेको उपनिर्वाचन सभास्थल नजिकै बम बिस्फोट भएको छ ।
पूर्व प्रधानमन्त्री एवम् अध्यक्ष पुष्पकमल दाहाल सभा सम्बोधन गर्न पोखरा पुगेका छन् । सभालाई नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सम्बोधन गरिरहँदा बम बिस्फोट भएको हो ।
तर, बम बिस्फोटबाट केही क्षति भने हुन पाएन । यसअघि शनिबार नेपाली कांग्रेसले सभा गरिरहँदा पनि बम बिस्फोट भएको थियो ।