कांग्रेस वडाध्यक्ष नेकपा प्रवेश
२०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।
बैतडीको डिलाशैनी गाउँपालिका–७ का वडाध्यक्ष प्रेमसिंह धामी नेकपामा प्रवेश गरेका हुन् ।
पुर्चौडी नगरपालिका–४ भटनामा आयोजित चुनावीसभामा वडाध्यक्ष धामीसँगै १५ जना नेकपामा प्रवेश गरेको अनेरास्ववियुका सचिवालय सदस्य गोविन्द गिरीले बताए ।
उनीहरुलाई नेकपाका नेता भानुभक्त जोशीलगायतले स्वागत गरेका छन् ।