सागः भलिबल प्रतियोगिता आजबाट
काठमाडौंमा हुने दक्षिण एसियाली खेलकुद (साग) मा आजबाट भलिबल शुरु हुँदैछ ।
पुरुष र महिला दुवै टीमको खेल आजबाट शुरु हुने भएको हो ।
एभीसी सेन्ट्रल जोनको उपाधि जितेर फर्किएको नेपाली महिला भलिबल टीमको खेल दिउँसो तीन बजे शुरु हुनेछ । उद्घाटन खेल बांग्लादेश विरुद्ध हुनेछ ।
बांग्लादेश विरुद्ध नै हुने पुरुष भलिबल भने साँझ सात बजे मात्रै शुरु हुनेछ ।