डिबालाको गोलमा युभेन्टसको जित, समूह विजेता बन्दै प्रि-क्वाटर फाइनल प्रवेश
च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा एटलेटिको मड्रिडबिरुद्ध युभेन्टसले जित निकालेको छ ।
युभेन्टसको जितमा पाउलो डिबालाले गोल गरे । उनले पहिलो हाफको थपिएको समयमा गोल गरेका थिए । दोस्रो हाफमा दुवै टीमबाट गोल हुन सकेन ।
डिबालाको गोल नै निर्णायक भए सँगै युभेन्टले समूह विजेता बनेको छ । यो खेलमा पराजित भए पनि मड्रिड पनि उपविजेताका रुपमा प्रिक्वार्टर फाइनल प्रवेश गरेको छ ।
युभेन्टसले पाँच खेलबाट दश अंक जोडेको छ भने मड्रिडले समान खेलबाट सात अंक जोडेको छ । बायर र लोकोमोटिभ भने प्रतियोगिताबाट बाहिरिएको छ ।