निर्वाचनमा जाऔं को कसको विरोधि त्यहीँ थाहा हुन्छ: नेता नेपाल
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमालेलाई मधेश विरोधि भनी हल्ला चलाइएको भन्दै त्यसो भन्नेहरुलाई निर्वाचनमा जान चुनौती दिएका छन् ।
महोत्तरीको बर्दिवासमा जिल्लाका आफ्नै दलका अगुवा नेता लाई अहिलेको राजनीतिक अवस्थाबारे अवगत गराउँदै नेता नेपालले नेकपा एमाले मधेश विरोधि होइन भन्ने निर्वाचनबाट स्पष्ट हुने दाबी गरे ।
उनले भने, “एमालेलाई मधेश विरोधी भनेर हल्ला पिट्नेलाई म चुनावको घोषणा गरेर जनतामा पुग्न चुनौती दिन्छु, मधेशी जनता समुचित निर्णय दिन सक्षम छन् ।”
सरकारले अवरुद्ध संसद् खोल्न पहल नगरेको न्दै उनले प्रमुख विपक्षीलाई बेवास्ता गरी प्रस्ताव पेस गर्न खोजे समस्या झन् बल्झने चेतावनी पनि दिए।
आफ्नो पार्टी सहमति र आपसी सहकार्यको राजनीतिबाट अघि बढ्न तत्पर रहेको बताउँदै उनले संशोधन प्रस्ताव फिर्ता लिनासाथ अरु प्रक्रिया अघि बढ्ने बताएका थिए ।