प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रिया सफल
प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ। शल्यक्रिया सफल भएको छ।
स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली आज बिहान अस्पताल भर्ना भएका थिए। प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस भएको पत्ता लागेपछि चिकित्सकले शल्यक्रिया गरेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
एपेन्डिसाइटिसको शल्यक्रियामा प्रा डा अरुण सायमी, प्रा डा रमेशसिंह भण्डारीलगायतका टोली संलग्न थिए।
चिकित्सकहरुका अनुसार एपेन्डिसाइटिसका बिरामीको २४ घण्टाभित्रै शल्यक्रिया गर्नुपर्छ।