प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस
प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उनको अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा परिक्षण भइरहेको छ ।
चिकित्सकहरुले प्रधानमन्त्री ओलीको स्वास्थ्य परिक्षण गरिरहेको र शल्यक्रिया बारे केही नबताएको सल्लाहकार थापाले जानकारी दिए । चिकित्सकहरुका अनुसार एपेन्डिसाइट्सका विरामीको २४ घण्टाभित्र शल्यक्रिया गर्नुपर्दछ ।
ठूलो आन्द्रासंग गाँसिएर बसेको एक सानो अंगलाई एपेण्डिक्स भनिन्छ । एपेण्डिक्समा व्याक्टेरिया संक्रमण या कुनै अवरोध भयो भने पिप भरिने र सुनिने हुन्छ ।
स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली मंगलबार विहान अस्पताल भर्ना भएका थिए ।