सन्दीप लामिछानेको आँखाको शल्यक्रिया, साग नखेल्ने
नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेको आँखाको शल्यक्रिया गरिएको छ ।
टी–१० खेलेर फर्किएका सन्दीपको तिलगंगा आँखा अस्पतालमा शल्यक्रिया गरिएको उनका अफिसियल व्यवस्थापक रमन सिवाकोटीले बताए । लामिछानेको आज (सोमबार) शल्यक्रिया गरिएको हो ।
शल्यक्रिया पछि केही हप्ता आराम गर्न चिकित्सकले सल्लाह दिएको सिवाकोटीले बताए । बिश्राम गर्नपर्ने भएकाले सन्दीपले दक्षिण एसियाली खेलकुद (साग) खेल्न नपाउने भएका छन् ।
सन्दीपले साग नखेल्ने भए पछि उनको स्थानमा रोहितकुमार पौडेललाई खेलाइने भएको छ । नेपालले सागमा पहिलो खेल १७ मंसीरमा श्रीलंका विरुद्ध खेल्दैछ ।