त्रिचन्द्र कलेज प्रमुख विद्यार्थीबाट कुटिए
त्रिचन्द्र कलेजका प्रमुख प्रदीपबहादुर न्यौपानेलाई विद्यार्थीले कुटपिट गरेका छन् । विद्यार्थीहरुले उनलाई कलेज परिसरमै कुटपिट गरेका हुन् ।
विज्ञान संकायको शुल्क बृद्धि फिर्ता नगरेको भन्दै कलेज प्रमुख न्यौपानेमाथि विद्यार्थीहरुले कुटपिट गरेका छन् । उनलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।
कुटपिटमा संलग्न दुई विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।