सुधारगृहबाट दुई बालक फरार
बाल सुधार गृह विराटनगरबाट सोमबार बिहान दुई बालक फरार भएका छन् । बिहान पौने ५ बजे तिर दुई बालक गृहको छतबाट हाम्फालेर भागेको प्रहरीले बताएको छ ।
झापा र मोरङ घर भएका दुई बालक फरक फरक मुद्दामा सुधार गृहमा बन्धक थिए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरिक्षक राजकुमार खिउजुका अनुसार, ज्यान मार्ने उद्योग र जबरजस्ती करणीको मुद्दामा ती दुबै सुधार गृहमा राखिएका थिए ।
बालकको खोजीका लागि मोरङ प्रहरीले सादा पोशाकका सुरक्षाकर्मी जिल्लाभरी परिचालन गरेको छ ।
-कमल रिमाल