नेपालको सेमिफाइनल प्रतिद्वन्द्वी भारत
चोथौ साफ वुमेन्स च्याम्पियनसीपको पहिलो सेमिफाइनल साविक विजेता भारत र उपविेजेता नेपालबीच हुने भएको छ । समूह चरणको अन्तिम खेलमा भारत र बंगलादेशले गोलरहित बराबरी खेलेर अंक बाँडेपछि भारत समूह बीको उपविजतामा सीमित भएको हो ।
नेपालले भने यसअघि नै समूह एको विजेताको रुपमा सेमिफाइनल यात्रातय गरीसकेको थियो । माल्दिभ्सलाई ९, भुटानलाई ८ र श्रीलंकालाई १ गोलले पराजित गरेको नेपालले समूह चरणमा एक गोल पनि खाएको छैन ।
भारतले समूह चरणको पहिलो खेलमा अफगानिस्तानलाई ५ १ को अन्तरले पराजित गरेको थियो । टीम नेपाल र भारतबीचको खेल १८ पुसमा सिलगुडीस्थित कंचनजंगा स्टेडियम हुँदैछ ।
अर्को सेमिफाइनलमा बंगलादेश र माल्दिभ्स भिड्दैछन् । भारतसँग समान चार अंक भए पनि बंगलादेश गोल अन्तरको आधारमा समूह बी विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । ६ अंक जोडेको माल्दिभ्स समूह बीको उपविजेता हो ।