थप समाचार सोमबार, मंसिर ९, २०७६

भारतमा बेच्न लगिएका दुई नेपाली महिलाको उद्धार

रासस

भारतको नयाँ दिल्लीका कोठीमा बेच्न लागेको अवस्थामा माइती नेपालले दुई नेपाली महिलाको उद्धार गरेको छ।

राम्रो काममा लगाइदिने प्रलोभन देखाएर भारत लगिएका काभ्रे र झापा घर भएका दुई महिलाको उद्धार गरिएको हो।

माइती नेपालको भारतस्थित ट्रष्टकी सीता अधिकारीका अनुसार काठमाडौं, वीरगञ्ज हुँदै नयाँ दिल्ली पुर्‍याइएका दुवै जनाको नेपाली दूतावास, भारतीय प्रहरी र समाजसेवी बालकृष्ण पाण्डेको सहयोगमा उद्धार गरिएको हो।

उनीहरुलाई आज नेपाल फर्काउन लागिएको छ।

प्रतिकृया दिनुहोस