थप समाचार सोमबार, मंसिर ९, २०७६

वडाध्यक्षको गाडीमा बम विस्फोट

रासस

कास्कीमा वडाध्यक्षको गाडीमा अज्ञात समूहले बम विस्फोट गरेको छ। 

पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको पोखरा–१७ हिमालीटोलस्थित निवासमा पार्किङमा राखेको गाडीमा सोमबार बिहान बम विष्फोट गरेको हो।

वडाध्यक्ष आचार्य चढ्ने ग२च ४२६ नं को हाइलक्स गाडीमा बिहान २ः४५ बजे बम विष्फोट भएको गण्डकी प्रहरी प्रदेश कार्यालयका प्रमुख विनोद शर्मा घिमिरेले जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।

प्रतिकृया दिनुहोस