मन्त्रिपरिषदमा महिला कम भएकोमा दबाब समूहको आपत्ति
५ मंसिरमा पुनर्गठन भएको मन्त्रिपरिषदमा महिलाको संख्या कम भएको भन्दै महिला सुरक्षा दबाब समूहले आपत्ति जनाएको छ ।
नेपालको संविधानले राज्यका सबै संरचनामा एकतिहाइ महिला सहभागिताको सुनिश्चितता गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्दा महिलाको संख्या झन् कम भएको भन्दै दुःख पनि व्यक्त गरेको छ ।
आइतबार विज्ञप्ति निकालेर दबाब समूहले अघिल्लो मन्त्रिपरिषदमा १६ प्रतिशत महिला भएको तर अहिले झन् घटाएर त्यसको आधा बनाउनु संविधान तथा लोकतान्त्रिक मूल्य/मान्यता विपरित भएको जनाएको छ ।
अझै पनि महिला सहभागिता बढाउन पनि दबाब समूहले प्रधानमन्त्रीलाई आग्रह पनि गरेको छ ।