टी–१० खेलेर फर्किएका पारस खड्का साग क्रिकेटको प्रशिक्षणमा
युनाइटेड अरव इमिरेट्स (यूएई) मा टी–१० खेलेर शनिबार साँझ नेपाल फर्किएका पूर्व कप्तान पारस खड्काले आइतबार बिहानैबाट प्रशिक्षण शुरु गरेका छन् ।
दक्षिण एसियाली खेलकुद (साग) को तयारीका क्रममा नेपाली क्रिकेट टीम किर्तिपुर मैदानमा प्रशिक्षणमा छन् । पूर्व कप्तान खड्का यूएईबाट फर्कनासाथ प्रशिक्षणका लागि किर्तिपुर पुगेका हुन् ।
पहिलो पटक विदेशी फ्रेञ्चाइजी खेलेका पारस टीम अबुधाबीमा आवद्ध भएका थिए । शुरुका दुई खेलमा पारस प्लेइङ इलेभेनमा परेका थिए । दुवै खेलमा अविजित रहेका पारसले अन्तिम खेलमा अवसर पाएका थिए ।
तर, उनले ब्याटिङ गर्न नपाए पनि दुई ओभर बलिङ गर्दै ३० रन खर्चिएर एक विकेट लिएका थिए ।