उपेन्द्र यादवले तत्काल सरकार नछोड्ने
समाजवादी पार्टी, नेपालले तत्काल सरकार नछोड्ने निर्णय गरेको छ । मन्त्रिपरिषद पुनर्गठन प्रति असन्तुष्टि जनाएको समाजवादी पार्टीले तत्काल सरकार नछोड्ने निर्णय गरेको हो ।
संघीय परिषद बैठकमा बाबुराम भट्टराई पक्षीय नेताहरुले सरकार छोड्नुपर्ने अडान लिएका थिए । तर, तत्काल सरकार छोड्न नहुने पक्षमा उपेन्द्र यादव निकट नेताहरुले तर्क गरेका थिए ।
स्वास्थ्य मन्त्रीको हैसियतमा भारत भ्रमणमा रहेका बेला यादवको विभागीय मन्त्रालय हेरफेर भएको थियो । गत बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै यादवलाई स्वास्थ्यबाट कानून मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
तर, समाजवादी पार्टीले सरकारसँग वार्ता गर्न गर्न समिति गठन गरेको छ । समितिमा यादव, भट्टराई, अशोक राई र राजेन्द्र श्रेष्ठ छन् ।
याे पनिः