हङकङको स्थानीय निर्वाचनमा इतिहासकै सर्वाधिक मतदाता
हङकङको स्थानीय निर्वाचनका लागि मतदान गर्न गर्न ४१ लख मतदाताले नाम लेखाएका छन् । यो संख्या हङकङको निर्वाचन इतिहासमै सर्वाधिक हो ।
हङकङको जनसंख्या ७४ लाख छन् । मतदानका लागि आइतबार स्थानीय समयअनुसार, ७ः३० बजे मतदान केन्द्रहरु खुलेका छन् ।
स्थानीय निर्वाचनमा ४५२ जिल्ला परिषद पदका लागि एक हजार बढीले उम्मेद्वारीदिएका छन् । त्यहाँका ग्रामिण जिल्लाका लागि २७ सीट छुट्याइएको छ ।
पाँच महीना लामो राजनीतिक अस्थिरता पछि हुन लागेको निर्वाचन नबिथोल्न प्रजातन्त्र समर्थक विरोध समूहहरुले आग्रह गरेका छन् । बेइजिङ सरकारलाई यो निर्वाचनले सन्देश दिने उनीहरुले आशा राखेका छन् ।