खेलकुद आइतबार, मंसिर ८, २०७६

लिभरपुलको अपराजित यात्रा कायमै

हिमालखबर

प्रिमियर लिगमा लिड लिडर लिभरपुलले अपराजित यात्रा कायमै राखेको छ । शनिबार क्रिस्टल प्यालेससँग जित निकाल्दै लिभरपुलले अपराजित यात्रा कायमै राखेको हो ।

पहिलो हाफ गोल रहित बराबरी खेलेको लिभरपुलले दोस्रो हाफको ४९औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

तर, ८२औं मिनेटमा वेलफ्रेड जाहाले गोल फर्काए । यसको तीन मिनेट बित्न नपाउँदै फेरि फिर्मिन्होले गोल गर्दै लिभरपुलको अपराजित यात्रालाई निरन्तरता दिए ।

जितसँगै, लिभरपुलले अग्रतालाई थप फराकिलो बनाएको छ । १३ खेलबाट लिभरपुलले ३७ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको लिस्टर सिटीले समान १३ खेलबाट २९ अंक मात्रै बनाउन सकेको छ । लिभरपुलले एउटा मात्रै खेल बराबरी खेलेको छ ।

प्रतिकृया दिनुहोस