खेलकुद आइतबार, मंसिर ८, २०७६

लुका मोड्रिचको गोलमा रियलको जित, बार्सिलोनासँग अंक बराबर

हिमालखबर

स्पेनिस ला लागिमा रियल मड्रिडले रियल सोसिडाडलाई पराजित गर्दै बार्सिलोनासँग अंक बराबर बनाएको छ ।

शनिबार राति सकिएको खेलमा सोसिडाडलाई मड्रिडले तीन–एक गोल अन्तरले पराजित गरेको छ । सोसिडाडले खेलको दोस्रो मिनेटमै गोल गर्दै अग्रता लिएको थियो ।

तर, ३७औं मिनेटमा करिम बेञ्जामाले गोल फर्काउँदै एक–एकको बराबरी बनाए । पहिलो हाफ बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको ४८औं मिनेटमै फेडेरिकाले गोल गर्दै मड्रिडलाई अग्रता दिलाए । ७४औं मिनेटमा लुका मोड्रिचले गोल गरे पछि मड्रिड तीन–एकले विजयी बन्यो ।

जितसँगै मड्रिड लिड लिडर बार्सिलोनासँग अंक बराबर गरेको छ । मड्रिडले १३ खेलबाट २८ अंक जोडेको छ । मड्रिडले ८ जित, ४ बराबर र एक हार बेहोरेको छ ।

प्रतिकृया दिनुहोस