सन्दीप लामिछाने टीममा परेनन्, पारस खड्का ब्याटिङमा
टी–१० मा नेपालका पूर्व कप्तान पारस खड्काको टीम अबुधाबीले टस जितेर ब्याटिङ गरिरहेको छ ।
नेपालकै युवा स्पिनर सन्दीप लामिछाने आवद्ध टीम कर्नाकटा तस्कर्स विरुद्ध पारसको टीमले ब्याटिङ गर्दैछ । तर, यो खेलमा सन्दीप लामिछाने भने परेका छैनन् । पाँचौं खेलसम्म लगातार प्लेइङ इलेभेनमा परेका सन्दीप परेका छैनन् ।
सन्दीपले पाँच खेलबाट ६ विकेट लिएका थिए । पहिलो र दोस्रो खेलमा प्लेइङ इलेभेनमा परेका पारस लगातार तीन खेलमा बेञ्चमा बसे । छैटौं खेलमा भने पारस प्लेइङ इलेभेनमा परेका छन् ।