समाचार शुक्रबार, मंसिर ६, २०७६

नेशनल मेडिकल कलेज तनावग्रस्त, आन्दोलनरत विद्यार्थीमाथि हातपात (भिडियाे सहित)

हिमालखबर

नेशनल मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीहरु र कलेज प्रशासन बीच झडप भएको छ ।

कलेज प्रशासनको कोटाबाट एमबीबीएस पढिरहेका विद्यार्थी र आन्दोलनरत विद्यार्थीबीच शुक्रबार साँझ होस्टेलमा झपड भएको हो ।

प्रशासन कोटाबाट पढिरहेका विद्यार्थीले आन्दोलनरत महिला विद्यार्थीहरुलाई पनि हातपात गरेको जनाइएको छ । अहिले विद्यार्थीहरुले कलेज परिसरमा आन्दोलन गरिरहेका छन् ।

अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने माग राख्दै आन्दोलनरत नेसनल मेडिकल कलेजका विद्यार्थीहरुलाई बिहीबार साँझ कलेज सञ्चालक बसरुद्धिन अन्सारीको निर्देशनमा खटेका व्यक्तिले कलेजभित्र प्रवेश गर्न रोकेका थिए ।

होस्टेलभित्र छिर्न नदिएर कलेज सञ्चालक अन्सारीले विद्यार्थीलाई कुटपिट गर्ने र मार्ने धम्की दिएका थिए ।

 

 

प्रतिकृया दिनुहोस