उच्च अदालतद्वारा महरालाई थुनामा राख्नुको कारण माग
संसद सचिवालयकी कर्मचारी माथि बलात्कार प्रयासको आरोपमा थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महराको प्रतिवेदन उच्च अदालत पाटनले मागेको छ ।
जिल्ला अदालत काठमाडौंलाई महरा थुनामा राख्नुपर्ने कारणबारे प्रतिवेदन उच्च अदालतले मागेको हो । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका महरालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।
महरा पक्षका वकिलले जिल्ला अदालतको आदेश बिरुद्ध उच्च अदालतमा पुनरावेदन गरेका थिए । पुनरावेदन प्रति सुनुवाई गर्दै उच्च अदालतले कारण माग गरेको हो ।
१९ असोजमा सभामुख निवासबाटै पक्राउ गरिएका महरालाई १८ कात्तिकमा जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । महरा डिल्लीबजार कारागारमा छन् ।