टी–१० मा सन्दीप र पारसको टीम भिड्दै
टी–१० मा नेपालका पूर्व कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछानेको टीम भिड्दैछन् ।
राति पौने १० बजे हुने सन्दीपको टीम कर्नाकटा तस्कर्स र पारसको टीम अबुधावी बीच खेल हुनेछ । लगातार टीममा पर्दै आएका सन्दीपले टी–१० मा ६ विकेट लिइसकेका छन् ।
सन्दीपले यो सिजनको डेब्यू बलमै विकेट लिएका थिए । उनले दोस्रो खेलमा दुई विकेट लिए तेस्रो खेलमा भने सर्वाधिक महँगो बन्न पुगे । विकेट विहीन बनेका सन्दीपले ३५ रन खर्चिएका थिए । चौंथो खेलमा खेलमा एक र पाचौं खेलमा सन्दीपले दुई विकेट लिएका छन् ।
पाँचौ खेलमा सन्दीपले पाँच रन जोडेका थिए । दुई खेलमा मात्रै प्लेइङ इलेभेनमा परेका पारस भने अविजित रहँदै आएका छन् ।