मनिपाल अस्पताललाई एभरेष्ट ब्यांकको सहयोग हेमोडायलासिस् मेसिन
एभरेष्ट ब्यांक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मनिपाल अस्पताललाई एक थान हेमोडायलासिस् मेसिन सहयोग गरेको छ ।
यो नयाँ मेसिनले मिर्गौला बिरामीलाई उपचारका लागि पर्खिनुपर्ने समय कम गर्न मद्दत गर्छ । मनिपाल अस्पतालका डिन बीएम नागपाललाई एभरेष्ट ब्यांकका डीजीएम राजिव जैनले मेसिन हस्तान्तरण गरे ।
मेसिन भारतीय दुतावास कोलोनियल ए. च्याम्बीएल एसएम डिफेन्स एट्याची, मनिपाल अस्पताल र पोखराका पेन्सन भुक्तानी कार्यलयका अन्य विभिन्न अधिकारीहरुको उपस्थीतिमा एलटी. जेन. सानतनु दयाल, एभीएसएम, एसएम, भीएसएम, डीजी, डीसी र डब्लूले मेसिनको उद्घाटन गरेका थिए ।