खेलकुद विहीबार, मंसिर ५, २०७६

सन्दीपलाई दुई विकेटको सफलता

हिमालखबर

अबु धाबीमा जारी टी–१० लिगको जारी खेलमा कर्नाटक टस्कर्सका सन्दीप लामिछानेले दुई विकेटको सफलता हासिल गरेका छन् ।

कलान्दरर्ससँगको जारी खेलमा सन्दीपले आफ्नो दोस्रो ओभरको पाचौं र छैटौं बलमा विकेट लिए ।

कलान्दरर्सले टस जितेर ब्याटिङ रोजेको थियो ।

पाँचौं बलमा उनले व्यक्तिगत ८० रन बनाएर खेलिरहेका टम बान्टनलाई एलबीडब्लु आउट गरेका थिए । यिनै बान्टनले सन्दीपले अघिल्लो एकै ओभरमा २१ रन प्रहार गरेका थिए ।

लगत्तै दोस्रो बलमा सन्दीपले कोलेर क्याडमोरलाई शून्यमै बोल्ड गरे ।

सन्दीपको लगातारको दुई विकेटसँगै ६.५ ओभरमै १०० रन बनाइसकेको कलान्दरर्सले विशाल लक्ष्य बनाउन सकेन ।

प्रतिकृया दिनुहोस