समाचार विहीबार, मंसिर ५, २०७६
सरकारमा दलाल पूँजीपति वर्ग निर्णायक हुँदा गोकर्ण बिष्ट बाहिरिएः नेता नेपाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता प्रदीप नेपालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीबाट गोकर्ण बिष्ट हटाइएको असन्तुष्टि व्यक्त गरेका छन् ।
नेता नेपालले बिष्टको बहिगर्मनले नेपालको सरकारभित्र दलाल पूँजिपति वर्गको निर्णायक पडकलाई कारण मानेका छन् । उनले लेखेका छन्, “गोकर्ण बिष्टको बहिगर्मनले नेपालको सरकारभित्र दलाल पूँजीपति वर्गको निर्णायक पकड छ भन्ने सत्यलाई नांगो पारेर देखाइदिएको छ ।”
बिष्टलाई बर्खास्त गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम मन्त्रीमा रामेश्वर राय यादवलाई नियुक्त गरेका छन् । नवनियुक्त मन्त्री यादवले पदभार ग्रहण गरिसकेका छन् ।

याे पनिः