नयाँ मन्त्रीहरुको पदभार ग्रहण लगत्तै मन्त्रिपरिषद बैठक
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी छ ।
नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बसेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नव नियुक्त सहित मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।
सरकारले लिएको नीति तथा कार्यक्रमबारे नयाँ मन्त्रीहरुलाई प्रधानमन्त्रीले निर्देशन दिएका छन् । बुधबार गरिएको मन्त्रिपरिषद पुनर्गठन पछि नवनियुक्त ९ मन्त्रीले बिहीबार पद तथा गोपनियताको शपथ ग्रहण र पदभार सम्हालेका छन् ।