नेपालमा १० मध्ये ७ को घरमा दाउराको प्रयोग
विश्व ब्यांकको एक अध्ययनले नेपालका १० मध्ये ९५ घरधुरीमा विद्युतको पहुँच पुगेको र त्यसमध्ये ७२ घरधुरीमा निरन्तर गुणस्तरीय विद्युतको पहुँच रहेको देखाएको छ ।
विश्व ब्यांकले सन् २०१७ मा गरेको विद्युतमा पहुँचसम्बन्धी सर्वेक्षणले पछिल्लो दशकमा नेपालीको विद्युतको पहुँचमा उत्साहजनक प्रगति भएको देखाएको छ ।
अध्ययनले ७१ दशमलव ७ प्रतिशत घरमा राष्ट्रिय ग्रिडको र २३ प्रतिशतमा लघु जलविद्युतको पहुँच रहेको देखाएको छ ।
विद्युतको पहुँचमा सुधार भएपनि अझ्ै पनि देशका १०० मध्ये ७३ दशमलव ५ घरमा परम्परागत दाउरा, गुइठा तथा छवाली बालेर खाना पकाउने गरेको अध्ययनले देखाएको छ । दाउरा, गुइठा तथा छवाली बालेर खाना पकाउँदा निस्कने धुँवा मानव स्वास्थ्यका लागि एकदमै हानिकारक मानिन्छ ।
१७ दशमलव ५ प्रतिशत घरमा मात्र आधुनिक खाना पकाउने इन्धनको व्यवस्था रहेको सर्वेक्षणले भेटेको छ ।