गुटका आधारमा योग्यलाई मन्त्रीबाट हटाइयोः प्रभु साह
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता प्रभु साहले मन्त्रिपरिषद पुनर्गठन गैरकम्युनिष्ट तरिकाले गरिएको आरोप लगाएका छन् । नेता साहले सामाजिक सञ्जालमा असन्तुष्टि जनाउँदै मन्त्रिपरिषद पुनर्गठन गुटका आधारमा गरिएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, “योग्यहरुलाई हटाउने र अयोग्यलाई मन्त्री बनाउने नेतृत्वको यस्तो महान् कार्यले हामी फेरि एक चोटी लज्जित भएका छौं ।”
साहले गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा गरिएको आरोप लगाएका छन् । मन्त्रिपरिषद पुनर्गठनमा साह मन्त्री बन्ने चर्चा चलेको थियो ।