समाचार बुधबार, मंसिर ४, २०७६

दाहाल नेकपाको कार्यकारी अध्यक्ष, ओली पाँच वर्ष प्रधानमन्त्री

हिमालखबर

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाललाई पार्टीको कार्यकारी अधिकारी दिइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले दाहाललाई कार्यकारी जिम्मेवारी दिइएको हो ।

दाहाल पार्टीको कार्यकारी अध्यक्ष भए सँगै पाँच वर्षसम्म ओली नै प्रधानमन्त्री हुने भएका छन् । सचिवालय बैठकको बैठक पछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, “पार्टीको बैठकमा दुवै अध्यक्षले अध्यक्षता गर्नेछन् । तर, आम रुपमा पार्टीको अध्यक्षता र सञ्चालन प्रचण्ड गर्नेछन् ।”

सरकारको कामकार्बाहीलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीले संसद र सरकारको मात्रै नेतृत्व गर्ने निर्णय भएको छ ।

यो निर्णय सँगै पार्टी एकीकरणका बेला भएको ‘आलोपालो प्रधानमन्त्रीको’ भद्र सहमतिले नयाँ मोड लिएको छ । अब, बाँकी कार्यकाल पनि ओली नै प्रधानमन्त्री हुने र पार्टीको नेतृत्व दाहालले गर्नेछन् ।

याे पनि

नजर कार्यकारी अध्यक्षमा

प्रतिकृया दिनुहोस