शितलनिवास पुगे ओली–दाहाल
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन् ।
बालुवाटारमा दुई अध्यक्ष बीच भेटवार्ता भए पछि दुवै जना शितल निवास गएका हुन् । मन्त्रिपरिषद पुनर्गठनको तयारीमा रहेका नेकपाका अध्यक्षद्वय शितलनिवासबाट फर्किए पछि सचिवालय बैठक बस्दैछ ।
हटाइने मन्त्रीको नाम टुंगो लगाउन र नयाँ मन्त्रीबारे छलफल गर्न बिहान ९ बजे सचिवालय बैठक बोलाइएको थियो । तर, अध्यक्षद्वयको भेटवार्ता शितलनिवास जाने भए पछि सचिवालय सरेको छ ।
सचिवालय बैठक दिउँसो साढे १२ बजे बोलाइएको छ । सचिवालय लगत्तै मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएको छ ।