नयाँ मन्त्री चयनबारे नेकपा बैठक
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार बिहान ९ बजे बोलाइएको छ ।
शुक्रबारको सचिवालय बैठकले मन्त्रिपरिषद पुनर्गठनको अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइए पनि सहमति जुट्न नसकेपछि फेरि सचिवालय बैठक बोलाइएको छ ।
स्रोतका अनुसार, सचिवालय बैठकले नयाँ मन्त्रीहरुको नाम टुंगो लगाउदैछ । सचिवालयबाटै हटाइने मन्त्रीहरुको समेत टुंगो लगाइनेछ।
मंगलबार दिउँसोसम्म मन्त्रिपरिषद् पुनर्गठनबारे शीर्ष नेताहरुबीच सहमति नभए पछि सचिवालयबाटै टुंग्याउन बैठक बोलाइएको छ । सचिवालयमा सहमति जुटे दिउँसै मन्त्रिपरिषद् पुनर्गठन र नयाँ मन्त्रीहरूकाे शपथ हुनेछ ।
प्रधानमन्त्री ओलीले मंगलबारकै मन्त्रिपरिषद बैठकमा यसबारे संकेत समेत दिएका छन् । बुधबार कोही पनि मन्त्रीलाई उपत्यका नछाड्न निर्देशन दिदैं मन्त्रिपरिषद पुनर्गठन हुने बताएका छन् ।