नेपालको प्रदर्शनमा सुधार, कुवेतसँग एक–शून्यले पराजित
सन् २०२२ को विश्वकप तथा २०२३ को एसिया कप छनोटमा नेपाल कुवेतसँग एक–शून्य गोल अन्तरले पराजित भएको छ ।
भुटानमा भएको खेलमा कुवेतले पहिलो हाफमै अग्रता लिएको थियो । २८औं मिनेटमा कुवेतले गरेको गोल नै निर्णायक रह्यो ।
दोस्रो हाफमा नेपालले राम्रो खेले पनि गोल फर्काउन सकेन । अवे खेलमा नेपाल सात शून्यले पराजित भएको थियो ।