खेलकुद मंगलबार, मंसिर ३, २०७६

बिमल घर्तिमगर सहित खेलाडीहरुलाई कार्बाही गर्ने एन्फा पदाधिकारीमाथि छानबिनको माग

हिमालखबर

राष्ट्रिय फुटबल टीमका प्रमुख चार खेलाडी माथि कार्बाही गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी माथि छानबिन गर्न माग गरिएको छ ।

काठमाडौं, भक्तपुर, ललितपुर र धादिङका एन्फाले बक्तव्य जारी गर्दै खेलाडीहरुलाई कार्बाही गर्ने एन्फा पदाधिकारीमाथि कार्बाहीको माग राखेका छन् ।

रातको समयमा खेलाडी बाहिरिएको भनिएकाले प्रशिक्षक, व्यवस्थापक र होस्टेल व्यवस्थापकमाथि छानबिन हुनुपर्ने माग उनीहरुले गरेका छन् ।

विश्वकप छनोटजस्तो महत्वपूर्ण खेलमा खेलाडीहरुलाई स्पष्टिकरण नलिई कार्बाही गरिनुलाई उनीहरुले आश्चार्यको विषय मानेका छन् ।

एन्फाले राष्ट्रिय टीमका प्रमुख खेलाडीहरु बिमल घर्तिमगर, अञ्जन बिष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीलाई कार्बाही गरेको छ । मंगलबार कुवेत विरुद्ध भुटानमा हुने खेलबाट उनीहरुलाई हटाइएको छ ।

 

 

 

प्रतिकृया दिनुहोस