आलमको मुद्दा चलाउने सरकारी वकिलको सरुवा
फरहदवा नरसंहारको आरोपमा मोहम्मद अफताव आलम बिरुद्ध मुद्दा चलाउने रौतहटका सरकारी वकिलको सरुवा भएको छ ।
रौतहटका प्रमुख सरकारी वकिल खडिन्द्र कटुवालको महान्यायाधीवक्ताको कार्यालयले सरुवा गरेको छ । आलमलाई पुर्पक्षमा राख्ने जिल्ला अदालत रौतहटको आदेश दिएकै साँझ सरकारी वकिल कटुवाल काठमाडौं आएका थिए ।
उनलाई मकवानपुर जिल्ला सरकारी वकिलको कार्यालयमा सरुवा गरिएको छ । १२ वर्ष अगाडि आफ्नै कार्यकर्तालाई जिउँदै जलाएको अभियोगमा आलमलाई सरकारी वकिल कट्वालले सवस्र्व सहित जन्मकैदको माग दावी सहित मुद्दा दायर गरेका थिए ।