पूजा बोहोरामाथि बलात्कार गर्नेलाई साढे एघार वर्ष कैद
बतैडीको पाटन बजारमा एसईईका लागि गेसपेपर किन्न बजार गएकी पूजा बोहोरा माथि सामुहिक बलात्कार गरेको आरोपमा सर्वोच्च अदालतले दुई युवालाई साढे एघार वर्ष कैद फैसला सुनाइएको छ ।
न्यायाधीश सपना प्रधान मल्ल र हरि फुयाँलको संयुक्त इजलासले सागर भट्ट र अमर अवस्थीलाई साढे एघार वर्ष कैद सजाय सुनाइएको छ । सर्वोच्चले दोषी र सरकारलाई पीडित महिलालाई दश लाख क्षतिपूर्ती दिन समेत आदेश दिइएको छ ।
उच्च अदालतको फैसला उल्ट्याउँदै सर्वोच्चले कैद र क्षतिपूर्ति सुनाएको छ । उच्च अदालतले साढे १३ वर्ष कैद र ५० हजार क्षतिपूर्ति दिन आदेश दिएको थियो ।