बांग्लादेशसँग नेपाल आठ विकेटले पराजित
एसीसी इमर्जिङ टिम्प कपमा नेपाल बांग्लादेश सँग आठ विकेटले पराजित भएको छ ।
नेपालले दिएको १३९ रनको चुनौती बांग्लादेशले दुई विकेटको क्षतिमा भेटायो । नेपालका लागि करण केसी र सुशन भारीले विकेट लिएका थिए ।
निराशाजनक प्रदर्शन गरिरहेका कप्तान ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले ३३ रनको साझेदारी गर्दै थालनी गरेको खेलमा नेपालको ब्याटिङ स्कोर राम्रो हुन सकेन । कप्तान मल्लले २२ र भुर्तेल १० रनमा आउट हुन पुगे । यसपछि एक पछि अर्को विकेट गुम्यो ।
सोमपाल कामी र करण केसीले ५० रनको महत्वपूर्ण साझेदारी गरेका थिए । सोमपालले ३८ र १८ रन जोडे । आरिफ शेखले ११ रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।