प्रेस सल्लाहकार थापालाई राज्य मन्त्री सरहको हैसियत
प्रधानमन्त्री केपी शर्मा ओलीका नव नियुक्त प्रेस सल्लाहकार सूर्य थापालाई राज्य मन्त्री सरहको हैसियत दिइएको छ ।
मन्त्रिपरिषदको निर्णयअनुसार, थापालाई राज्य मन्त्री सरह हैसियतको अधिकार र सुविधा पाउनेगरी मुख्य सचिव लोकदर्शन रेग्मीले आइतबार नियुक्ति पत्र दिएका हुन् । थापाको कार्यालय प्रधानमन्त्रीकै कार्यालयमा रहने भएको छ ।
झलनाथ खनाल प्रधानमन्त्री हुँदा थापालाई सहायक मन्त्री सरहको मात्रै हैसियत दिइएको थियो । प्रेस सल्लाहरको नियुक्ति पत्र पाए पछि हिमाल खबरसँग थापाले पत्रकारहरुको साथ र सुझाव लिएर नयाँ ढंगले अगाडि बढ्ने बताए ।
थापाले साेमबार बाटै औपचारिक रुपमा काम शुरु गर्ने बताए ।